२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

हर्क साम्पाङसहित श्रम संस्कृतिले जित्यो तीन सिट

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन सिट जितेको छ। 

कोशी प्रदेशको भोजपुर १, सुनसरी १ र खोटाङ १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार निर्वाचित भएका हुन्। सुनसरी १ बाट पार्टी अध्यक्षसमेत रहेका हर्क साम्पाङ, भोजपुर १ बाट  वराज राई र खोटाङ १ बाट आरेन राई विजयी भए।  

धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले ३५ हजार ७४१ मत ल्याएर विजयी भए । उनले निकटम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङलाई आठ हजार ४९२ मताले पछि पार्दै जितेका हुन्। गोमाले २७ हजार २४९ मत ल्याइन। 

भोजपुरमा ध्रुवराज राई १६ हजार ६६३ मतका साथ विजयी भए । उनले नेकपा (एमाले)का शेरधन राईलाई १ हजार ९१३ मतले पछि परे। शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्दा नेपाली कांग्रेसका बालकृष्ण थापाले ८,६७० मत प्राप्त गरेर तेस्रो भए।

 खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मतको साथ निर्वाचित भए । नेकपा (एमाले) को देवविक्रम राईले १२ हजार ७१४, नेपाली कांग्रेसको बिरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टीका हरि रोकाले नौ हजार ४४३ मत पाएका जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्। 

प्रकाशित: २४ फाल्गुन २०८२ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App