२ माघ २०८१ बुधबार
image/svg+xml
कला

पोखरामा विशेष लघुकथा वाचन

लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा पोखरामा विशेष लघुकथा वाचन कार्यक्रम भएको छ।

लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा   नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा लघुकथाकारहरू- त्रिलोचन ढकाल, रमेशचन्द्र घिमिरे, टुकादेवी पौडेल आचार्य, गीता तिवारी र ढाकामोहन बरालले दुई चरणमा आफ्ना लघुकथा प्रस्तुत गरेका थिए।

गण्डकी प्रज्ञाप्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव अमृतले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रमुख अतिथि सरुभक्तले लघुकथाको महत्त्वबारे चर्चा गर्दै यस विधाको प्रभावकारिता र भविष्यका सम्भावनाहरूको चर्चा गरेका थिए।

विशेष अतिथि गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति सूर्य खड्का 'बिखर्ची' ले लघुकथा वाचन गर्दै लघुकथाको प्रकृति र प्रवृत्तिप्रति चर्चा गरेका थिए।

प्रकाशित: १४ पुस २०८१ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App