नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले १५ औँ महाधिवेशनको प्रक्रियामा पार्टी प्रवेश गरिसकेको टिप्पणी गरेका छन्। शुक्रबार कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै महतले यस्तो बताएका हुन्।
‘मंसिर १५ गतेको केन्द्रीय समितिको निर्णयले पार्टीको नियमित महाधिवेशनको कार्य तालिकामा पार्टी प्रवेश गरिसकेको हो। केही प्राविधिक कारणले कार्यतालिका अनुसार काम भएन,’ महतले भने,‘त्यही भएकाले अहिले कार्य तालिका मात्रै संशोधन भएको हो।’
कार्य सम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्मका लागि १५ औँ महाधिवेशनको मिति तय गरेको छ।
प्रकाशित: १८ पुस २०८२ १८:२८ शुक्रबार





