नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। यसअघि मंसिर १५ गतेको निर्णयले पुस २६ गतेदेखि १५ औँ महाधिवेशनको घोषणा र माघ मसान्तसम्म कार्यसमितिको म्याद थप गरेको थियो।
तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि जेठ मसान्तसम्म केन्द्रीय समितिको म्याद थपेको हो। यस्तै वैशाख २८ देखि ३१ सम्मका लागि १५ औँ महाधिवेशनको मिति पनि तोकिएको छ।
प्रकाशित: १८ पुस २०८२ १८:२३ शुक्रबार





