२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

डिआइजी कपमा पुलिस र प्रभात सेकेन्डरीको उपाधि भिडन्त

पहिलोपल्ट आयोजक नेपाल पुसिल स्कुल र प्रभात सेकेन्डरी बोडिङ् स्कुल धरानबिच डिआइजी कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार (पुस १९ गते) हुने फाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ । २०५८ सालदेखि डिआइजी कप भएर छैठौं संस्करणसम्म भएर राकिएको खेल यसपटकदेखि हुन थालेको हो ।  

आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) डिआइजी कप फुटबलको फाइनल खेल खेल्ने पहिलोपल्ट अवसर प्राप्त गरेको हो । यसअघि प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले डिआइजी कप खेल्ने अवसर पाएतापनि फाइनलमा पुगेको भने पहिलोपल्ट नै हो । दुवै टिमले फाइनल जितेर रेकर्ड रच्ने दाउँमा छन् ।  

शुक्रबार भएको पत्रकार सम्मेलनमा आयोजक नेपाल पुलिस स्कुलका फुटबल प्रशिक्षक सागर कार्कीले फाइनल खेल पाउनु नै ठूलो उपलब्धी भएको र फाइनल जितेर  इतिहास बनाउने रणनीतिका साथ खेल खेल्ने बताए । ‘एकातिर २०६३ सालदेखि रोकिएको खेल यसपटक देखि पुनःजागरण गर्ने अवसर पायौं,’ उनले भने, ‘पाएको अवसरलाई पुरा सदुपयोग गरेर जित निकाल्नेछौं ।’

फाइनल प्रतिस्पर्धा गर्न लागेको प्रभात सेकेन्डरी स्कुलले सेमिफाइनल खेलमा पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई ४–० गोलले हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको थियो । नेपाल पुलिस स्कुलले सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैँचा मोरङलाई बुधबार ३–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको थियो ।  

धरान पूर्वमै सवैभन्दा बढी खेलकुद गतिविधी हुने शहरको रुपमा परिचित छ । १९ वर्षअघि प्रभात सेकेन्डरी स्कुलबाट फुटबल खेलका खेलाडीमध्ये धेरै जना अहिले पनि राष्ट्रिय टीमबाट खेल खेलिरहेका छन् । ‘फाइनलमा प्रवेश गर्दा नै हाम्रो स्कुलको नाम चम्केको छ, थप नाम चम्काउन र अहिलेका खेलाडीलाई भविष्यमा राष्ट्रिय खेलाडी बनाउने ढंगले काम गरिरहेकाले गर्दा खेल जित्नेमा बढी नै आशावादी छौ,’ प्रभात स्कुलका टीम कोच अमृत राईले भने ।  

यु–१६ र यु–१८ उमेर समूहका खेलाडीहरूलाई अवसर दिने उद्देश्यले सुरु गरिएको डिआइजिपी रनिङ कप एक प्रतिष्ठित प्रतियोगिताको रूपमा उभिएको छ । भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने सोचले रोकिएका प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेश कुमार हायुले बताउँदै अब आगामी वर्षदेखि यसलाई अझै परिस्कृत र परिमार्जित ढंगले अघि बढाउने बताए । पुस ९ गतेबाट सुरु भएको प्रतियोगिता फाइनल खेलको विजेता टोलीले ट्रफीसहित मेडल प्रमाणपत्र र नगद ८१ हजार पाँच रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ट्रफीसहित मेडल प्रमाणपत्र र नगद ४१ हजार पाँच रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।  

डिआइजिपी कपका सल्लाहकार मनिका सुब्बा राईका अनुसार प्रतियोगिता सञ्चालन गर्दा नयाँ पुस्ताले अवसर पाएको बताइन् । प्रतियोगितामा धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी भएका थिए ।  

 

प्रकाशित: १८ पुस २०८२ १८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App