३ मंसिर २०८१ सोमबार
image/svg+xml
कला

लाकोजूद्वारा अनुदित कथासङ्ग्रहको लोकार्पण

साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा अनुदित कृति ‘डा. राजेन्द्र परदेशीका चयनित कथाहरू’ को लोकार्पण एक समारोहबीच छिमेकी राष्ट्र भारतमा भएको छ। सो पुस्तकको लोकार्पण एक समारोहबीच प्रमुख अतिथि अमलेन्दुअनाथ मिश्र, साहित्यकार डा. राजेन्द्र परदेशी, नेपाल साहित्यकार माननीय रेखा यादव,  प्रतिभा चौहान कमला तामाङ लगायतले सो पुस्तक लाेकार्पण गरेका थिए।

कथासङ्ग्रहमा सङ्ग्रहित कथाहरूमा मानवीय संवेदना, प्रेमभाव, क्रियाशीलता, आत्मीय सम्बन्ध, शोषणरहित समाज, सद्ज्ञान, गरिबी,परिश्रम, विवशता, उदारता, उत्साह, धैर्य, सहिष्णुता, संयम जस्ता मानव जीवनसम्बद्ध विशिष्ट आशययुक्त कथाहरू समावेश छन्।

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन्। त्यत्तिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन्। सो कथासङ्ग्रह दिल्लीमा रहेको परिन्दे पब्लिसिङ हाउसले प्रकाशन गरेको हो।

प्रकाशित: ३ मंसिर २०८१ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App