२७ पुस २०८२ आइतबार
image/svg+xml
कला

आज १५९ औँ मोती जयन्ती मनाइँदै

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेका भट्टको वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमै निधन भएको थियो। मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका छन्।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्रयाएको थिए। यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो।

उनको जन्मजयन्तीको अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन्। रासस

प्रकाशित: १७ भाद्र २०८१ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App