२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

डाक्टर शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन

बौद्ध दर्शनमा विद्यावारिधि गरेका डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन भएको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुस्तक विमोचन गरेका हुन्। पुस्तक विमोचनसँगै कार्यक्रममा भिक्षु एवं अनगारिका गुरुमाँहरुमा संघदान गरिएको थियो।

कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताए। बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको उनको भनाई थियो।

पुस्तकमा बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौं ? किन मर्छौ ? मानिस भनेको के–हो ? यो भवचक्र किन चलिरहेको छ ? यी सबै प्राणीहरु भनेका के हुन ? यो ब्रम्हाण्ड भनेको के–हो ? स्वर्ग नर्क आदि लोक भनेको के–हो ? पूर्व जन्म भनेको के हो ? कर्म भनेको के हो ? अनित्य, दुःख र अनात्म भनेका के–हुन् ? कर्म विपाक हुन्छ कि हुँदैन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्त चेतना भनेका के हुन ? जस्ता यावत प्रश्नहरुको सरल भाषामा जवाफ दिने प्रयास गरिएको छ।

उनले ध्यानकै विषयमा केन्द्रित भई शाक्यले ध्यान सम्बन्धी एउटा वृहत् ग्रन्थ तयार गरेका छन्। त्यसको पहिलो भागका रुपमा यो पुस्तक प्रकाशित गरेको भन्दै शाक्यले दोस्रो भाग छिट्टै प्रकाशित गर्ने बताए। कार्यक्रममा १ सय जना भिक्षुहरुलाई अष्टपरिष्कार दान प्रदान गरिएको थियो। 

त्यसैगरी ५५ जना अनगारिका गुरुमाँहरुलाई बस्त्र तथा अन्य बस्तुदान गरिएको थियो। सो, संघदान दाताका रुपमा पुस्तकका लेखक शाक्य र पूर्वराजदूत एवं राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्य थिए। 

प्रकाशित: १० श्रावण २०८१ १७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App