२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

हिमालय हाइजिनको ब्राण्ड एम्वेसडरमा मह जोडी

हिमगिरी हाइजिन प्रालिले ब्राण्ड एम्वेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) लाई नियुक्त गरेको छ। शनिबार  विराटनगरमा आयोजित हिमगिरी महोत्सवमा हिमगिरी हाइजिन प्रालिले हाँस्य कलाकारहरू हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलाई ब्राण्ड एम्वेसडर नियुक्त गरेको हो।

कार्यक्रममा दुवैपक्षवीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सम्झौता पछि एक वर्षका लागि हिमगिरी हाइजिनको ब्राण्ड एम्वेसडरमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ नियुक्त भएको हाइजिनका अध्यक्ष महेश जाजुले बताए।  

कार्यक्रमलाई सम्बोधन गर्दै जाजुले हिमगिरी हाइजिनले उत्पादन गरेको लुगाधुने सावुनले कुल नेपाली बजारको ५० प्रतिशत हिसा ओगटेको जानकारी दिए।  

उनले भने, ‘हिमगिरीका उत्पादनहरू ध्वनी, एक्स्ट्रालगायतका सावुनले नेपाली बजारको ५० प्रतिशत  हिसा ओगटेको छ।’ ध्वनि र एक्स्ट्रा सावुनका ४ सय बढी डिष्टिव्यूटर्सहरू नेपालभर रहेको जाजुले जानकारी दिए।

जाजुले लुगाधुने सावुनको सफलता पछि हाइजिनले अब, व्युटी सोप पनि उत्पादन गर्ने र डिजटेन्ट पाउडरमा पनि आक्रमक बजार विस्तार गर्दै देशको १ नम्बर कम्पनी बन्ने योजनाकासाथ काम गरिरहेको बताए। हांस्य कलाकार हरिवंश आचार्यले नेपालमा अझै धेरै उद्योग खोल्न आबश्यक रहेको बताए।

उद्योगधन्दाको बिस्तारले मात्रै रोजगारी सृजना हुनसक्ने आचार्यले बताए। आचार्यले सरकारले उद्योग चलाउन नसकेको भन्दै सरकारको हातमा व्याक्टेरिया भएकाले जुन उद्योग छोयो त्यो उद्योग कुहिने गरेको  टिप्पणी गरे। आचार्यले भने,‘उद्योग नीजि क्षेत्रले चलाउनुपर्छ। सरकारको हातमा त व्याक्टेरिया छ। जे छोयो त्यहि हुहिन्छ।’

नेपालमा राजनीतिक उद्योग फष्टाएको र त्यसले वेरोजगार मात्रै उत्पादन गरिरहेको  आचार्यले बताए। हाइजिनका प्रबन्ध निर्दैशक प्रकाश मुण्दडाले नेपाली उत्पादनको प्रयोग गर्न उपभोक्ताहरूलाई आग्रह गरे।

उनले हिमगिरी हाइजिनले गुणस्तरिय उत्पादनमात्रै बजार पठाएका कारण उपभोक्ताको मन जितिरहेको दाबी गरे। कार्यक्रममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हाइजिनका संरक्षक वेनिगोपाल मुण्दडालगायतले नेपाली उत्पादनलाई माया गर्न उपभोक्ताहरूलाई आग्रह गरे।  

प्रकाशित: ६ श्रावण २०८१ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App