२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

मुकेश अम्बानीको छोराको विवाह अझै चर्चामा, पाहुनालाई दिए करोडौंको उपहार

एसियाका र भारतका सबैभन्दा धनाड्य व्यक्ति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहको चर्चा अझै सेलाउन सकेको छैन।

गत १२ जुलाईमा विवाह बन्धनमा बाँधिएका अनन्त अम्बानीको विवाह पछिल्लो ७ महिनादेखि चर्चामा छ। ७ महिना अघि भारतको गुजरातस्थित जामनगरमा अनन्त र राधिका मर्चेन्टको भव्य प्रि वेडिङ्ग शेरोमनी आयोजना गरिएको थियो। जसमा विश्वभरका चर्चित कलाकार, व्यवसायी, राजनीतिज्ञ लगायतका सहभागी भएका थिए।

त्यस्तै अनन्तको विवाह समारोहमा पनि भारत मात्रै नभई विश्वकै प्रसिद्ध नेता, कलाकार, व्यवसायी लगायत विभिन्न निकायका व्यक्तिहरूले सहभागीता जनाएका थिए भने ठूलाठूला मठमन्दीरका महन्त र साधुहरूसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भए।

नेपालको चौधरी ग्रुपका सिईओ वरुण चौधरी पनि आफ्नो श्रीमतिसहित अनन्त र राधिकाको विवाहमा सहभागी हुन मुम्बई पुगेका थिए। यसबारेमा वरुणका पिता एवं सांसद विनोद चौधरीले नै सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए।

अनन्त अम्बानीले भारतीय व्यवसायी विरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टसँग विवाह गरेका हुन्।

विवाहमा उपस्थित भएका पाहुनाहरूलाई लाखौँ करोडौँ मूल्य बराबरको उपहार दिनेदेखि सजावट, खानपान लगायत हरेक पक्षको निकै चर्चा भइरहेको छ।

त्यसबाहेक अनन्त र राधिकाको विवाहमा कति खर्च भयो भन्ने विषयमा पनि चर्चा हुन थालेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार अनन्त र राधिकाको विवाहमा मुकेश अम्बानीले झन्डै ५ हजार करोड भारतीय रुपैयाँ खर्च गरेका छन्। उनले १० दिनमा मात्रै सो रकम विवाहका लागि खर्च गरेको बुझिएको छ।

विवाह समारोहमा आएका हलिवुड गायक जस्टिन विवरलाई अम्बानीले ८४ करोड भारतीय रुपैयाँ तिरेको बुझिएको छ। यस्तै अम्बानीका विशेष पाहुनाहरूलाई झन्डै २ करोड भारीय रुपैयाँ बराबरको घडी उपहार दिइएको थियो। जसको तस्बिर विवाहमा सहभागी भएका बलिवुड गायक र अभिनेताहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

मुकेश अम्बानी भारत र एसियाका सबैभन्दा धनाड्य व्यक्ति हुनुका साथै विश्वको सबैभन्दा धेरै धनाड्यहरूको सूचीमा ११ औँ स्थानमा छन्। उनको कुल आम्दानी २२.५ अर्ब डलर रहेको छ।

प्रकाशित: ४ श्रावण २०८१ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App