२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

रमेश विकलका कथा, नाटक र उपन्यासका समग्र ग्रन्थ प्रकाशित

विशिष्ट आख्यानकार रमेश विकलका तीन महाग्रन्थ प्रकाशनमा आएका छन्। रमेश विकल समग्र मूल शीर्षक अन्तर्गत यिनमा विकलका समग्र कथा, उपन्यास र नाटक गरी अलगअलग तीनवटा खण्डमा प्रकाशित भएका हुन्। 

विकलका कतिपय कृतिहरु प्रकाशकद्वारा नयाँ संस्करण प्रकाशन नगरिँदा अप्राप्य भई शोधार्थी, विद्यार्थी र पाठकहरुमा कठिनाइ भैरहेको थियो। यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा रमेश विकल साहित्य प्रतिष्ठानले महाग्रन्थ प्रकाशन गरेको हो।  

प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा अनुसार रमेश विकल समग्र, कथा खण्डमा प्रकाशित दशवटा कथा संग्रहका कथाहरूका साथै संग्रहमा नआएका फुटकर प्रकाशित ३३ वटा गरी करिब एक सय पचास वटा कथा १३९२ पृष्ठमा विस्तारित छन्। 

९४४ पृष्ठको  उपन्यास खण्डमा उनका तीनवटा चर्चित उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन समावेश छन् । यसैगरी ६०८ पृष्ठको नाटक खण्डमा प्रकाशित चार संग्रहका साथै फुटकर प्रकाशित नौवटा नाटकहरू संग्रह गरिएका छन्।  

प्रकाशित: २ श्रावण २०८१ १६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App