१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

‘ह्रस्व दीर्घ’ मा नीताको ‘फस्ट लुक्स’

नायिका नीता ढुंगाना अभिनित भारतीय चलचित्र  ‘ह्रस्व दीर्घ’ को पहिलो पोष्टर सार्वजनिक भएको छ ।

यो फिल्ममा नायिका ढुंगानाको प्रमुख भूमिका रहेको बताइएको छ । नेपाल र भारतमा गरी तीन चरणमा छायाङ्कन गरिएको फिल्ममा कलाकार ब्रह्मानन्दमलाई पनि छायंकन गरिएको छ, तर उनको भूमिका छोटो रहेको निर्माणकर्ताको भनाइ छ ।  

नीतासँगै कलाकारहरु किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई पनि पोष्टरमा समावेश गरिएको छ । लुक्समा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ । भारतीय अभिनेता ब्रह्मानन्दम र अली पनि पोष्टरमा अटाएका छन् ।  

चन्द्र पन्तको निर्देशन रहेको यो चलचित्र असोज ३ गते रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।  

फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।  

हरिहर अधिकारीको कथा रहेको  ‘ह्रस्व दीर्घ’ फिल्ममा भारतीय छायांकार कवीरलालले छायंकन गरेका छन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता चर्चित बलिउड फिल्म खिचेका छन् ।

फिल्मको नेपाल र भारतमा छायाङ्कन गरिएको छ । 

 

प्रकाशित: २९ जेष्ठ २०८१ १८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App