२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

२०८० : पाथिभरा मन्दिरमा डेढ लाख बढी दर्शनार्थी

गत साउनदेखि चैत मसान्तसम्ममा ताप्लेजुङस्थित पाथिभरादेवीको एक लाख ६८ हजार बढीले दर्शन गरेका छन्।

पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदा एक लाख ६८ हजार चार सय ६८ जनाले पाथिभराको दर्शन गरेका हुन्।

हाङवाङका अनुसार सबैभन्दा बढी चैत महिनामा ५२ हजार ४ सय ५५ जनाले दर्शन गरेका छन्। कात्तिकमा ४९ हजार १ सय ६३ जनाले मन्दिरको दर्शन गरेका थिए। हाङवाङका अनुसार साउन महिनामा १ हजार १ सय २२, भदौमा ५ हजार र असोजमा १० हजार ३ सय ४३ जनाले दर्शन गरेका थिए।

यस्तै मंसिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १ र फागुनमा १७ हजार ९ सय १२ जनाले पाथिभरा मन्दिरको दर्शन गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ।

चैत महिनाको भेटी ७५ लाख

पाथिभरा मन्दिरको भेटी चैत महिनामा मात्र ७५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ। कार्यकारी निर्देशक हाङवाङका अनुसार चैत महिनामा ७५ लाख ७ हजार १ सय ५ रुपैयाँ भेटीवापत रकम संकलन भएको थियो। समितिले पछिल्लो समय भेटिवापतको संकलित रकम मासिक रुपमा सार्वजनिक गर्दै आएको छ।

प्रकाशित: ३० चैत्र २०८० १८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App