१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छ: भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्नेमा जोड दिएका छन्।

मकवानपुरमा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरूलाई विश्वसामु देखाउन सक्नुपर्ने बताउँदै उनले भने ‘मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र बाह्य पयर्टकहरु बढ्छन्।’

अध्यक्ष केसीले नेपाली चलचित्रलाई विश्वमाझ पुर्‍याउने चुनौती अबका दिनमा नेपाली चलचित्रकर्मीहरूसँग रहेको बताए। विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताइन्।

उनले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरिन्। ‘स्थानीय तहले नै यसबारेमा बढी ध्यान दिन आवश्यक छ’ उनले भनिन्।

कार्यक्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले दिमाग खराबको रिभ्युमा रंगपत्रकारहरुले गरेको रिभ्युमा आक्रोश व्यक्त गरे।

फिल्म पत्रकारले फिल्मको बारेमा भन्दा बढी फलानो पार्टीलाई पोस्न फिल्म बनाइयो भन्ने किसिमको रिभ्यु लेखेको भन्दै उनले आक्रोश जनाए। ‘फिल्मलाई फिल्मको नजरबाट हेर्न आवश्यक छ’ उनले भने।

अभिनेता बस्नेतले राम्रो फिल्म बनाउँदा राम्रो भन्न सक्नुपर्ने बताए।

प्रकाशित: ७ फाल्गुन २०८० १९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App