१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

पर्यटन प्रवर्धन गर्न म्यूजिक भिडियो

ताप्लेजुङको कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यका साथ  तयार भएको ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘ताप्लेजुङको शिरैमा सेतो जुहार, हिउँ हो कि चाँदी हो झलझल मुहार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईको शब्दमा तयार भएको गीतमा गायिका मिलन नेवार र गायक वीरेन्द्र श्रेष्ठले स्वर दिएका छन्। ताप्लेजुङमा म्युजिक भिडियोको प्रति विमोचन भएसँगै भावसागर इन्टरटेनमेन्ट युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो।

म्युजिक भिडियोको छायांकनमा ताप्लेजुङको उच्च हिमाली क्षेत्र कञ्चनजंघा, कुम्भकर्ण, सिन्जेमा ताल, ओलाङचुङ्गोला, दिकिछ्योलिङ गुम्बा, तिम्बुङ पोखरी, फुङफुङे झरना, तिनजुरे–मिल्केलगायत प्रमुख पर्यटकीय स्थलहरूका साथै यहाँका नौवटै स्थानीय तहका पहिचान बोकेका क्षेत्रलाई समेटिएको छ। 

जातीय विविधता, सांस्कृतिक र मौलिक परम्परामा आधारित भएर स्थानीय समुदायको संस्कृति र परिवेशकेन्द्रित विषयलाई गीति वृत्तचित्रको छायांकन गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

प्रकाशित: ५ फाल्गुन २०८० ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App