२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आर्यन र केकीको ’तिमी छौ र मेरो मुटू‘ चलेको

आर्यन सिग्देल र केकी अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ। डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटू चलेको’ बोलको गीत सार्वजनिक भएको हो।

मुन्दुम स्टूडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ। गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए। ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ। त्यसैले भिडियोमा पनि दुई प्रेमी र प्रेमिकाको प्रेमलाई देखाइएको छ,’ मञ्जिलले भने।

मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङर मास्टरिङ र अनिल रानाको सम्पादन रहेकाे छ। गीतको भिडियो हिमाल श्रेष्ठले खिचेका हुन्।

प्रकाशित: २२ पुस २०८० ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App