२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीको टिप्पणी: शेरबहादुर जीलाई आक्रमण गर्ने धेरै लुसिफरहरू हुन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण धेरै जना ‘लुसिफर’हरूले गरेको टिप्पणी गरेका छन्। मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठीमा धारणा राख्दै यस्तो बताएका हुन्। 

‘देउवा जीमाथि आक्रमण गर्ने लुसिफरहरू नै हुन्, एउटा मात्रै लुसिफर होइन। धेरै लुसिफरहरू हुन्,’ ओलीले भने, ‘जसले उहाँमाथि त्यसप्रकारको प्रहार गरे।’ 

यो सबै के भएको हो? भन्दै उनले प्रश्न गरे। ‘यो आगजनी के हो? यसलाई क्रान्ति भनेर महिमा–मण्डन गर्न खोज्नु भनेको प्रतिक्रान्तिकारी, अलोकतान्त्रिक, देशद्रोही शक्तिको व्याख्या हो,’ ओलीले भने। यो कुनै पवित्र चिज हुनै नसक्ने उनले टिप्पणी गरे।

प्रकाशित: १५ पुस २०८२ १६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App