९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

शेखरको टिप्पणी: सेनाले निर्वाचन गराउँदैन, सबै बुझौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अझै पनि प्रतिनिधिसभा  निर्वाचनको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्। मंगलबार मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्। 

‘प्रहरीको मनोबल अत्यन्त खस्किएको छ,’ कोइरालाले भने, ‘सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ।’ तर, कांग्रेस निर्वाचनबाट नभाग्ने पनि उनले बताए। ‘कांग्रेस चुनाव हुँदा लड्छ। हार्न पनि तयार हुन्छ,’ उनले भने। 

प्रकाशित: १५ पुस २०८२ १६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App