६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

इलामका गुरुङ समुदायले सामूहिक रूपमा मनाउँदै छन् ल्होसार

तमु ल्होसारबारे जानकारी दिइँदै। तस्बिर : नागरिक

इलामका गुरुङ समुदाय यस वर्षको तमु ल्होसार एकै ठाउँ भेला भएर मनाउने तयारीमा छन्। आफ्नो संस्कार र संस्कृतिको संरक्षणमा सद्भाव, भाइचारा, विश्वबन्धुत्व र सहअस्तित्व जगाउने उद्देश्यले सबै भेला भई इलाम बजारमा ल्होसार मनाउने भएका हुन्। गुरुङ समुदायमा घरघरमै ल्होसार मनाउने चलन पनि रहेको छ।

आगामी पुस १५ मा हि–ल्हो (बिरालो वर्ष) को बिदाइ र मुप्ही ल्हो (गिद्ध वर्ष) को स्वागत गरी ल्होसार मनाइँदै छ। गुरुङ समुदायले तीन दिन (पुस १३, १४ र १५) सम्म विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने ल्होसार पर्व मूल आयोजक समितिका प्रचार संयोजक मानबहादुर गुरुङले बताए।

पर्वका अवसरमा कार्यक्रम आयोजना र व्यवस्थापन गर्न पविमाया गुरुङको अध्यक्ष्तामा आयोजक समितिसमेत गठन गरिएको छ। समितिको उपाध्यक्षमा हरि गुरुङ, सचिवमा हरिबहादुर गुरुङ, सहसचिवमा उमेश गुरुङ र कोषाध्यक्षमा जुली गुरुङ चुनिएका छन्।

खेलकुद संयोजकमा सन्तोष गुरुङ, स्वयंसेवक संयोजक विनोद गुरुङ, व्यवस्थापन संयोजक नरेश गुरुङ, सांस्कृतिक संयोजक उमेश गुरुङ र प्रचार संयोजक मानबहादुर गुरुङ छानिएका छन्। भेलाले यो वर्षको पर्व इलाम बजारमा मनाउने निर्णय गरेको थियो।

प्रकाशित: २९ मंसिर २०८० ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App