१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

नाम

कविता

किनेर ल्याएँ

अलिकति बालुवा र हेरें

त्यहाँ त कसैको नाम लेखिएको रहेछ।

छानिनँ त्यसलाई

र भिजाइन पानीमा पनि

मिसाइनँ गिट्टीमा

र घोलिनँ सिमेन्टमा पनि

पर्खाल बनेर

मेरै घरको वरिपरि ठडियो भने

त्यो बालुवाको नाम सदासदाका लागि

त्यही पर्खालमा रहनेछ

सिमेन्टमा घोलिएर

भित्तामा छापिएको नाम त

कहिल्यै मेटिन्न रे

देख्नेजति सबैले

सोधे भने त्यो नामका बारेमा

म के जवाफ दिनु?

यस्तै जवाफ दिनुपर्छ भनेर होला

मान्छेले

कसैले नदेख्ने गरी

कसै कसैको नाम

मुटुमा लेख्न थालेको!

प्रकाशित: २० आश्विन २०८० ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App