नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण
कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो।
कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो।
गोरखाको पालुङटार नगरपालिकामा हार्ने र जित्ने उम्मेदवार सँगसँगै विजयी र्यालीमा सहभागी भएका छन्।
कांग्रेससँगको तालमेल नमिलेपछि सत्ता गठबन्धन भन्दा बाहिर रहेको नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) पालुङटार नगरपालिकामा पराजित भएको छ।
बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. ११ को मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि गणना कार्य रोकीएको हो।
व्यास नगरपालिका–८ रिस्तीको पुन मतदान सम्पन्न भएपछि बुधबार रातिदेखी नै यहाँ मतगणना सुरु भएको छ। हालसम्म व्यासको तीनहजार ६७६ मत गणना भएको छ। सुरुवातदेखी नै व्यासमा कैची चिह्न लिएर मेयरमा उठेका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले अग्रता कायम गरेका छन्।
धनुषाको सहिदनगर नगरपालिका मेयर पदमा (जसपा) का उम्मेदवार दिनेश प्रसाद यादव विजयी भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार सुधीर गोइत भन्दा १६ सय ३८ मत बढी ल्याएर विजयी भएको हुन्।
निर्वाचित चौधरीका निकतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रामनारायण चौधरीले ४ हजार २ सय १७ मत ल्याएका छन्।
यसअघि गणक बसेका तिलोत्तमा नगरपालिकाका कर्मचारीले रुख चिन्हमा आएको मत घटाउने र सुर्य चिन्हमा आएको मत बढाउने गरेको पाइएपछि मंगलबार बिहानैदेखि तिलोत्तमाको मत गणना रोकीएको थियो।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा मतपत्र बढी फेला परेपछि विवाद उत्पन्न भएको छ। उक्त वडाको मतगणना सम्पन्न भएर रुजु गर्ने क्रममा ९ वटा मतपत्र बढी हुन आएको थियो।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सिद्धार्थनगरको नगर प्रमुखमा नेपाली काँग्रेसका इन्तियाक अहमद खान निर्वाचित भएका छन्। खानले ९ हजार १३४ मत ल्याइ विजयी भएका हुन्।
अघिल्लो निर्वाचनमा स्थापित आफ्नो बिरासत यो गाउँपालिकामा एमालेले गुमाउनु पर्यो । एमालेको यो बिरासत कांग्रेसले खोस्यो। यसअघि पराजित कांग्रेसका कुलबहादुर खत्रीले यसअघि निर्वाचित पौडेललाई पाखा लगाइदिए। खत्री गाउँपालिका अध्यक्षमा निर्वाचित भए भने कांग्रेसकै बमकुमारी खड्का निर्वाचित भइन्।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन्।
कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु भारी मतान्तरले विजयी भएका छन्।
जिल्लाको पहिलो परिणाम जसपाको पक्षमा गएको छ। सदरमुकाम तौलिहवा रहेको कपिलवस्तु नगरपालिका नगरमा मेर र उप मेयर दुबै जसपाको पक्षमा गएको हो। प्रमुखमा सुदीप पौडेल ३ हजार १ सय २४ मतान्तरले विजयी भएका छन्।
कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। उसले अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा समेत जित हात पारेको छ।
दोस्रो कार्यकालका लागि मेयरमा भिडिरहेका चिरीबाबुले बुधबार बिहानकाे बजेको मत परिणामअनुसार १५ हजार ३ सय ५८ मत ल्याएका हुन्।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सिद्धार्थनगरको नगर प्रमुखमा नेपाली काँग्रेसका इन्तियाक अहमद खान निर्वाचित भएका छन्।
गठबन्धनको तर्फबाट नेकपा माओवादी बाट उम्मेदवा बनेकी दाहालले पाँच हजार तीन सय ७६ मत सहित विजयी बनेकी थिइन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेको रोमनराज गिरी(अशोक)ले पाँच हजार ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिइन्।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवारी दिएका बालेन शाहको अग्रता कायमै रहेकाे छ। उनले अहिलेसम्म २१ हजार बढी मत प्राप्त गरेका छन्।
हालसम्म ४७ हजार ४ सय ६६ मत गणना सम्पन्न हुँदा आचार्यले १९ हजार ६ सय १५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले १७ हजार ५ सय १२ मत ल्याएर पछ्याइरहेका छन्।
घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। उपमहानगरको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी र उपप्रमुखमा एमालेकै हुमा डिसि निर्वाचित भए।
भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेकी छन्।
ठुलो मतपत्र, फरकफरक चुनाव चिह्न र उम्मेदवार धेरै भएकाले मतदाता अलमलमा पर्दा बदर मत संख्या बढी भएको हो। देशका ६ वटा महानगरपालिकाको मतगणना जारी रहेकै बेला गनिसकिएकामध्ये २५ देखि ४० प्रतिशतसम्म मत बदर भएको भेटिएको छ। उम्मेदवार नै नभएको चिह्नमा पनि स्वस्तिक छाप लगाइएको छ।
रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी भएको छ। देवदहको प्रमुखमा एमालेका ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन्।