धादिङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि छिन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ नेकपा (एमाले) का भूमि त्रिपाठीले दुई हजार ९४, नेपाली कांग्रेसका कृष्ण रिजालले एक हजार १८६ र नेपाल कम्युनिष्ट पार्टीका राजेन्द्र पाण्डेले एक हजार १२४ मत पाएका छन्।
क्षेत्र नं २ को मतगणना सुरु भएको छैन। सर्वदलीय बैठकमा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि उपस्थित नभएपछि गणना अगाडि बढ्न नसकेको सहायक निर्वाचन अधिकृत राजेन्द्र लुइँटेलले बताए।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:५७ शुक्रबार





