कञ्चनपुर निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा विजयी भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउद (एनपी)लाई २३ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै उनले जित हात पारेका हुन्।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका बोहराले ३३ हजार ९५२ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्दी साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १७:४८ शनिबार





