नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य घटेको छ।
आज सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै, आज सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: १३ आश्विन २०८३ ११:१२ मंगलबार



-600x400.jpg)

