१४ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

चितवनमा गैंडाको आक्र*मणबाट एक जना गम्भीर घाइते

चितवनको भरतपुर महानगरपालिका-२५, फलेनीमा जंगली गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्।

आज बिहान करिब ५ बजे फलेनीका ४२ वर्षीय भक्तबहादुर घले मर्निङवाकमा हिँडिरहेका बेला एक्कासी जंगली गैंडाले आक्रमण गरेको हो। गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका घलेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको  चितवन प्रहरीले जानकारी दिएको छ।

आक्रमणपछि गैंडाले आसपासका खेतबारीमा लगाइएको बालीसमेत नष्ट गरेको स्थानीय हेमराज शर्माले बताए। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। अहिले घटना स्थल तर्फ चितवन राष्ट्रिय निकुन्जको टोलि खटिएको निकुन्जका सुचना अविनास थापामगरले जानकारी दिए।

प्रकाशित: १४ आश्विन २०८३ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App