७ वैशाख २०८३ सोमबार
image/svg+xml
अपराध

स्रोत नखुलेको ५ लाख २२ हजार रुपैयाँसहित दुईजना पक्राउ

सशस्त्र प्रहरीले रौतहटबाट लाखौ रकम सहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

रौतहटको राजदेवी नगरपालिका ८ सोफियामाई स्थित नेपाल भारत सीमा क्षेत्रबाट भारतको सितामढीका ४५ वर्षीय नजिर नट र सर्लाहीका ५५ वर्षीय मुम्ताज अन्सारीलाई स्रोत नखुलेको ५ लाख २२ हजार ४ सय नब्बे रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

भारतको बैरगनिया बजारबाट हुण्डीको रकम बिआर ०६ ए ६२९२ नम्बरको भारतीय मोटरसाइकलमार्फत नेपाल तर्फ आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बिओपी बेलबिछवाको टोलिले चेक जाँच गर्ने क्रममा नटको साथबाट ३ लाख २२ हजार नेपाली रुपैयाँ र पछाडि सवार अन्सारीको साथबाट २ लाख ४९० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका प्रमुख एवं डिएसपी प्रेम सागर विष्टले बताए ।

दुवैजनालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाएको डिएसपी विष्टले बताए ।

यसै गरी सशस्त्र प्रहरीले करिब १ सय ८६ किलो तयारी कुखुरा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याएको कुखुरा रौतहटको परोहा नगरपालिका ८ बाट नियन्त्रणमा लिएर नष्ट गरेको बताएको छ ।  

सीमा क्षेत्रमा भइरहेको अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।

प्रकाशित: ४ वैशाख २०८३ १८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App