२९ मंसिर २०८२ सोमबार
image/svg+xml
अपराध

सिरहामा खुकुरी प्रहारबाट दाइको हत्या

सिरहाको गोलबजारमा आफ्नै भाइको खुकुरी प्रहारबाट बिहीबार राति दाइको मृत्यु भएको छ। गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाको खुकुरी प्रहारबाट दाइ ३५ वर्षीय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो।  

श्याम र उनकी श्रीमती अन्दाजी १९ वर्षीय कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण झै–झगडा भई कुटपिट गर्न थालेपछि छुट्याउन पुगेका मोतिराममाथि खुकुरी प्रहार भएको स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोविन्दप्रसाद साहले जानकारी दिए।

खुकुरी प्रहारबाट छातीमा गम्भीर घाउ लागेका मोतिरामलाई तत्काल उपचारका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पुर्याउँदा अस्पतलले मृत घोषणा गरेको थियो।  

खुकुरी प्रहार गरी तत्काल जंगलतर्फ भागेका श्यामको रातिबाटै खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि सोही लहान अस्पतालमा राखिएको छ। 

प्रकाशित: ९ श्रावण २०८२ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App