३ माघ २०८२ शनिबार
image/svg+xml
अपराध

नक्कली लाइसेन्समा प्रकरणमा चार जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली लाइसेन्समा प्रकरणमा चार जनालाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढा मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  

उनीहरूले सभ्यता केसीलाई ट्रायल बिनै कार, जीप तथा डेलिभरी भ्यानको लाइसेन्स दिएको अख्तियारले जनाएको छ । अख्तियारले नक्कली लाइसेन्समा भ्रष्टाचार मुद्दा चलाएका नारायणप्रसाद पाण्डेलाई सिआईबीले पनि किर्ते मुद्दा चलाएको थियो ।  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट मिति २०७८ चैत ७ गते अर्कै व्यक्तिको नाममा जारी भएको लाइसेन्सको विवरण परिवर्तन गरी सोही आवेदन आईडी र लाइसेन्स नम्बर हुने गरी लिखित र ट्रायल परीक्षामा सामेल नै नभएका प्रतिवादी सभ्यता केसीको नामको विवरणहरु ईडीएलभीआरएस प्रणालीमा परिवर्तन गरी अद्यावधिक गरी गराई बदनियत राखेको उल्लेख गरेको छ । 

उनीहरुले व्यक्तिको नामको सक्कल सवारी चालक अनुमतिपत्रका विवरणहरु प्रतिवादी सभ्यता केसी भन्ने व्यक्तिको सवारी चालक अनुमतिपत्रमा विवरण उल्लेख गरी गराई सावरी चालक अनुमतिपत्र जारी गरे गराएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगमा उल्लेख छ । नक्कली लाइसेन्सको छानबिन र अभियोजनले निरन्तरता पाए यातायात व्यवस्था विभागका केही पूर्वमहानिर्देशक समेत तानिन सक्ने अख्तियार स्रोतले बतायो ।

‘यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा ०१–०८–००८३६६८७ सभ्यता के।सी।को मा बी एड हुनपर्नेमा ०१–०८–०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट सावरी चालक अनुमतिपत्रको विवरण परिवर्तन गरिएको छ’, अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: १६ जेष्ठ २०८२ १८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App