अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, काठमाडौं महानगरपालिका-२२ महाकाल मन्दिर नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १५ ट्याब्लेट सहित सोही महानगरपालिका-२० बस्ने २४ वर्षीय अनिश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-२२ कालिमाटीखोलाबाट नियन्त्रित लागूऔषध ब्रुर्फिन २८ एम्पुल, डाईजेपाम २८ एम्पुल र फेनारगन २६ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१९ लामापटन बस्ने ३३ वर्षीय सुबास विक र २६ वर्षीय राजन गिरी रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले स्याङ्जाबाट कास्कीतर्फ आउँदै गरेको ग.२६ प १३४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ८० मिलिग्राम सहित दमक नगरपालिका-८ बस्ने ३४ वर्षीय अंकित कार्की समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट सिटी सफारी नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
झापा, अर्जुनधारा नगरपालिका-११ नँया बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ बस्ने १९ वर्षीया वर्षा केदेमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय सुरेश राना र सोही उपमहानगरपालिका-१५ उर्मी बस्ने २६ वर्षीय बलबुध राना रहेका छन्।
प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले सु.प.प्र ०१-०१० प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नाइट्राभेट १ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने ३७ वर्षीय पुर्ण दिप शर्मा उपाध्याय र ३२ वर्षीय नारायण कार्की रहेका छन्। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-१ हिमालीपुर बस्ने २३ वर्षीय पारस थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-८ भगत चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय चंचल कुमार राना समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-१४ गणेश चोक बस्ने १८ वर्षीया किशोरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १७ ट्याब्लेट र स्पास्पेन १ सय १७ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय ५० मिलिग्राम सहित केराबारी गाउँपालिका-६ बस्ने ३५ वर्षीय युवराज कटुवाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
स्याङ्जा, वालिङ नगरपालिका-१० फुलबारीचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-२९ बस्ने २७ वर्षीय सुजन गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको प्र.३-०१-००५ ख ९९०४ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
कपिलवस्तु, मायादेवी गाउँपालिका-३ बर्गदहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१ बैरिया बस्ने २५ वर्षीय प्रकाश थारू र २४ वर्षीय रिजन पुन रहेका छन्।
प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले पडसरवाबाट बर्गदहवातर्फ जाँदै गरेको लु.९ प २७७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
दाङ, तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय खड्क बहादुर घर्तीमगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको होर
उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १८ चैत्र २०८१ १९:०० सोमबार





