टेम्पो महिला चालकको कथा र व्यथा
महिला दिवसको अवसरमा महिला अधिकारको लागि विभिन्न संघ संगठनहरुले कार्यक्रम गरिरहँदा दैनिक हातमुख जोर्न धौ धौ हुने सिन्धुपाल्चोककी वर्षा क्षेत्रीलाई भने यो दिवसको कुनै प्रभाव परेन ।
महिला दिवसको अवसरमा महिला अधिकारको लागि विभिन्न संघ संगठनहरुले कार्यक्रम गरिरहँदा दैनिक हातमुख जोर्न धौ धौ हुने सिन्धुपाल्चोककी वर्षा क्षेत्रीलाई भने यो दिवसको कुनै प्रभाव परेन ।
देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला छिन् । संघीय संसद्को प्रतिनिधी सभामा पनि ३४ प्रतिशत महिला छन् । राष्ट्रिय सभामा ३७ प्रतिशत महिला छन् ।
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधाको माग राख्दै १६ पटक अनशन बसिसकेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले विभिन्न सात माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन।
सरकारको काम प्रभावकारी बन्न नसेकेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
सुदुरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि छाउपडी प्रथाले विकराल रुप लिई रहेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको आजको बैठकमा सतारुढ दल नेकपाका सांसद बृन्दा पाण्डेले छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान नै संचानल र कानुन वनाउनुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुभएको थियो । सो प्रस्तावमाथी छलफल गर्दै सांसदहरुले छाउपडी प्रथाका आडमा अहिले पनि महिला हिंसाका घटना भै रहदा सरकार उदासिन रहेको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, नागरिक फ्रन्टलाइनमा।
मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीले पेश गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै संसदको संसदीय सुनुवाई समितिका सांसदहरुले मियाँलाई ‘ब्याक’ हुन सुझाव दिएका छन्।
नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थिति मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन्।
लुकमा कर्मचारी ट्रेड युनियनको प्रभाव कति सम्म परेको छ भन्ने एक उदाहरण संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा देखियो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेललाई सरुवा गर्ने सचिवको निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ।
भुकम्प गएको करिव ४ वर्षपछि रानीपोखरी पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माणको शैली,प्रविधि र निर्माण सामाग्री सम्बन्धी विवादमा लामो समय जेलिएको ऐतिहासिक रानीपोखरी निर्माण पुनर्निर्माणको काम अलमलमा थियो ।
काठमाडौं– पुराना कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको छ।
नेकपाका नेता तथा ताप्लेजुङ्का सांसद योगेश भट्टराईले हेलिकप्टरमा सात जना हालेर उडाइएप्रति प्रश्न गरेका छन्। भिआइपीको उडानमा पाइलटकसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न नमिल्ने उनले फेसबुकमा लेखेका छन्।
काठमाडौंका सडकमा जेब्रा क्रसिङ, ट्राफिक लाइट र आकाशे पुल प्रभावकारी नहुँदा दुर्घटना बढिरहेको छ। राजधानीका अधिकांश स्थानमा भएका जेब्रा क्रसिङ प्रस्ट देखिँदैनन्। भएका पनि मेटिएका छन्। कुल ३ सय वटा जेब्रा क्रसिङ रहेकोमा ६० प्रतिशत मेटिइसकेको अवस्थामा छन्।
आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । दर्शनका लागि पशुपतिका चारै ढोका खुला गरिएका थिए ।
नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
काठमाडौँ, पछिल्लो एक साता देखि राजधानी काठमाडौ सहित देशभरको मौषमा उतरचढाव देखिएको छ । प्रशान्त महासागरको पानी औसतभन्दा बढी चिसिनुका साथै पश्चिमी वायु नेपाल भित्रिइरहेका कारण यसले छिन छिनमा मौसम बदलिएको हो । जसका कारण वर्षा बढी भएको छ भने हिमपात पनि बढेको जलतथा मौषम विभागले जनाएको छ ।
काठमाडौं, दुई दिन देखि राजधानीमा जारी साना किसान सम्मेलन १४ बुदे घोसणापत्र जारी गर्दै सकिएको छ । साना किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन सम्मेलन आयोजना गरिएको थियो । साना किसानको समृद्धि, कृषि रुपान्तरण, उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न र कृषिमा प्रविधिको प्रयोगलाई सम्मेलनले जोड दिएको छ ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको कार्यालय बिहीबार सुनसान रह्यो। मन्त्रिपरिषद् बैठकले फागुन १६ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
नागरिक फ्रन्टलाइन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी
विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ? काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको ज्यान लिने गरी राजधानीमै बम विस्फोट गराइएपछि सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठ्न थालेको हो। शुक्रबार साँझ उक्त माओवादी घटकले देशैभर रहेका दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावर तथा बीटीएसहरुमा बम विस्फोट गरी क्षति पुर्याएको थियो। सोही क्रममा ललितपुर नख्खुस्थित एनसेलको मुख्यालयमा विस्फोट हुँदा एक जना सर्वसाधारणको निधन भयो भने २ जना सर्वसाधारण घाइते भए। एक दशकको गृहयुद्ध र एक दशककै संक्रमणकालबाट गुज्रिएर शान्ति तथा स्थिरताको यात्रा शुरु गरेको भनिएको समयमा भएका यी हिंसात्मक गतिविधीले फेरी एकपटक नेपाली जनतालाई युद्धको त्रास सिर्जना गरेको छ। यद्यपि विप्लव नेतृत्वको हिंसात्मक गतिविधीको यो घटना पछिल्लो कडी मात्र हो। यसको शुरुवात पहिले नै भइसकेको थियो।
भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को मेला भव्य रुपमा सम्पन्न गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको मेलामा करिब १० हजार मानिसले अवलोकन गरेको आयोजकको दाबी छ।