श्रेष्ठले संसद् छलेर ल्याइएका अध्यादेशलाई लोकतन्त्रको मजाक भन्दै सरकार संसद् र जनताको प्रतिक्रियासँग डराएर भागिरहेको आरोप लगाइन्। ‘मध्यरातको अन्धकारमा बनेको सरकारले मध्यरातकै अन्धकारमा अध्यादेश ल्याएको छ,’ उनले भनिन्।
जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन्।
सरकारको नेतृत्वकर्ताबाट नै सहमति विपरीत अभिव्यक्ति आउनुले पनि थुप्रै संशय पैदा गरेको महरले बताए। ‘प्रधानमन्त्री अभिव्यक्तिले आसाभन्दा निराशामा परिणत गरेको छ। यो गम्भीर विषय बन्न पुगेको छ,’ महरले भने ।