८ वैशाख २०८१ शनिबार
भिडियो

टुँडिखेलमा सेना दिवस ( भिडियो )

काठमाडौँ- नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। 

सो अवसरमा सेनाले विभिन्न परेडहरु प्रदर्शन गरेको थियो। समारोहमा तोप पड्काएर महाशिवरात्रि बढाइँ गरिएको थियो। सेनाले लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस–२०७५ आकृति प्रस्तुत गरिएको थियो । पिटी, तेक्वान्दो, सुट टू किल, मुकदल, रौद्र ताण्डव, खुकुरी ड्रिल लगायतका सांगीतिक धुन समेत प्रस्तुत गरिएको थियो।

प्रकाशित: २० फाल्गुन २०७५ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App