बानेश्वर आकासे पुल निर्माणको गति सुस्त (भिडियो)
बानेश्वर चोकमा तपाई जुनसुकै समय पुग्नुस जाम झेल्नै पर्छ। पैदल वा सवारीमा। चारै दिशाबाट जोडिने सडकहरु र कमिला सरि गुड्ने सवारीसाधन सँगै सडक वारपार गर्न कुरिरहेका यात्रुहरु। गन्जागोल अवस्थामा रहेका तारहरु र अव्यवस्थित निर्माण सामाग्रीले गर्दा पैदल यात्रुलाई ओहोर दोहोर गर्न र गाडी चड्नै मुस्किल पर्ने गर्छ।

