७ वैशाख २०८१ शुक्रबार
भिडियो

बानेश्वर आकासे पुल निर्माणको गति सुस्त (भिडियो)

काठमाडौं- बानेश्वर चोकमा तपाई जुनसुकै समय पुग्नुस जाम झेल्नै पर्छ। पैदल वा सवारीमा। चारै दिशाबाट जोडिने सडकहरु र कमिला सरि गुड्ने सवारीसाधन सँगै सडक वारपार गर्न कुरिरहेका यात्रुहरु। गन्जागोल अवस्थामा रहेका तारहरु र अव्यवस्थित निर्माण सामाग्रीले गर्दा पैदल यात्रुलाई ओहोर दोहोर गर्न र गाडी चड्नै मुस्किल पर्ने गर्छ।

ट्राफिक प्रहरीले झेल्ने समस्या त छँदै छ। सडक विभागले यिनै अप्ठ्याराहरुको मध्यनजर गर्दै आकाशे पुल बनाउने निर्णय गरि ठेक्का पनि लगायो। तर मध्य बर्खामा शुरु भएको काम गुणस्तरीय बन्ला अनी दीर्घकालिन योजना नबनाई झारो टार्ने काम त भएको हैन? डिभिजन सडक कार्यालय मिनभवनका प्रमुख कैलाशकुमार श्रेष्ठ आकासे पुल निर्माणको काम द्रुत गतिमा काम भैरहेको बताउँछन। 'मङ्सिर मसान्त सम्ममा सबै काम पुरा हुने गरी ठेक्का लगाएका हौ', उनले भने, 'टेलिकमले अप्टिकल फाइबर समयमै हटाएमा निर्धारित समय पूर्व नै काम सम्पन्न हुन्छ।'

२ करोड बढीमा गत चैतमा ठेक्का लागेको यो आकाशे पुलको निर्माण आउँदो मंसिरमा सम्पन्न गर्नुपर्ने भन्ने छ तर सडक विभाग, खानेपानी ढल टेलिकम र अन्य सडक प्रयोगकर्ताहरु बीच समन्वय नहुँदा समयमै काम सम्पन्न हुने विश्वस्त हुने अवस्था भने छैन। त्यसमा पनि निर्माण कम्पनिको ढिला सुस्ती। तर निर्माण ठेक्का पाएको प्राकृतिक जेभी कम्पनी भने सडक विभागले आवस्यक समन्वय समयमै गरे दशैँ अगावै काम सम्पन्न गर्ने दावी गर्छ।

तर निर्माणको शैली र सुस्तता हेर्दा समयमै काम सकिने कुरामा शंका गर्छिन बानेश्वरमा होटल संचालन गर्दै आएकी विजया पाेखरेल। 'एउटा आकाशे पुलको निर्माण सम्पन्न गर्न यति धेरै ढिलासुस्ती र अलमल हुन्छ भने समृद्धिको सपना पुरा हुन कति समय लाग्ला?', उनको प्रश्न छ।

प्रकाशित: ७ श्रावण २०७६ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App