शासनको केन्द्र काठमाडौंसँग कुम जोडेर बसेका सिन्धुपाल्चोकबासी भूकम्प गएसँगै काठमाडौंसँग टाढिएको अनुभव गर्दैछन्। शनिबार गएको भूकम्पछि यहाँ बत्ती छैन, खानेपानी छैन, खाना छैन र घरभित्र आफन्तका लाश छन्। उनीहरुको प्रश्न छ- कहाँ छ सरकार?
खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरु हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ। विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।