नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनबाट पुस्तान्तरण र नेतृत्व हस्तान्तरणका काम भएको दाबी गरेका छन्। मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठीमा धारणा राख्दै यस्तो बताएका हुन्।
‘महाधिवेशनमा पुस्तान्तरण–त्यो पनि भयो। हस्तान्तरण–त्यो पनि भयो,’ ओलीले भने, ‘केही साथीहरूले नेतृत्व छोड्ने काम पनि भयो। केही निर्वाचनबाटै छोड्ने काम। र नयाँ पिँढीका जेन–जेड पनि आउने काम भयो।’
यसरी पुरानो, अनुभवी र लिडरसिप गरेर आएको पुस्ता र नयाँ पुस्ता पनि सामेल भएर नयाँ केन्द्रीय कमिटी निर्वाचित भएर आएको ओलीले बताए। उनले भने, ‘पुरानो माइनस, नयाँ सामेल हुँदै गयो। पुस्तान्तरण, हस्तान्तरण भनेको यही हो।’
प्रकाशित: १५ पुस २०८२ १६:१८ मंगलबार





