१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

'जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याइयाे'

काठमाडाैं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ।

नेपाली कांग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। उनले रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको पनि बताए।

बैठकमा कांग्रेस सांसदहरुले वितरणमुखि यो बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए। कांग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ। प्रमुख सचेतक खाँणले सांसदहरुका लागि विनियोजन गरिएको बजेट दुरुपयोग भए तत्काल विरोध गर्ने निर्णय गरिएको बताए।

प्रकाशित: १६ जेष्ठ २०७६ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App