४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

पदक विजेता तामाङलाई सम्मान

अनन्त शिक्षा सदनले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पाँचौं एसियन युथ पारा खेलकुदमा कांस्य विजेता पारा तेक्वान्दोकी रेनु तामाङलाई आइतबार नगदसहित सम्मान गरेको छ।

भक्तपुरको सूर्यविनायक–४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनका खेलाडीको पेटी परीक्षा कार्यक्रममा रेनुलाई सम्मान गरिएको हो। स्कुल कोओर्डिनेटर दिनेश न्यौपानेले रेनुलाई नगद १० हजारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सदस्य सरोज तामाङले जनाएका छन्।

 रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य जितेकी थिइन्। रेनु राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छिन्।

प्रकाशित: १४ पुस २०८२ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App