३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सुदन भन्छन् : कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला !

जेनजी अगुवा सुदन गुरुङले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद भएको बताएका छन्। वर्तमान राजनीतिक संकटको निर्णायक घडीमा बालेन शाह र रवि लामिछानेबिच एकता भए पनि कुलमान नमिल्नुलाई उनले यस्तो भनेका हुन्। 

सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्, ‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ...कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ।’ 

प्रश्नात्मक शैलीमा उनी अगाडि भन्छन्, ‘अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला! तर आजको समयले तपाईंहरूलाई सँगै उभिने म्यान्डेट दिएको छ।’

उनले अन्तिम क्षणमा कुनै पक्ष लिन बाध्य नपार्न अनुरोध गर्दै भनेका छन्, ‘देशलाई विभाजन होइन, एकता आवश्यक छ। त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ...के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो ? जेनजीले हेरिरहेको छ।’

वैकल्पिक राजनीतिक शक्तिहरूबिच एकता र सहकार्यको प्रयास भइरहेका बेला गुरुङको यो अभिव्यक्ति आएको हो। 

यो पनि पढ्नुहोस्

रवि-बालेनबिच ७ बुँदे सहमति : बालेनलाई आगामी प्रधानमन्त्री, रविलाई पार्टी नेतृत्व (पत्रसहित)

हेर्नुस् उनको फेसबुक स्टाटस
यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौ.... कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ । अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला! तर आजको समयले तपाईंहरूलाई सँगै उभिने म्यान्डेट दिएको छ। 
आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ... कृपया यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ।
त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ... के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो? जेनजीले हेरिरहेको छ ।

प्रकाशित: १४ पुस २०८२ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App