१५ चैत्र २०८० बिहीबार
भिडियो

राप्रपाको प्रदर्शनको क्रममा झडप(भिडियो रिपोर्ट)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। राप्रपाको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा अवस्था तनावपूर्ण भएको हो। 

प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा २६ जना घाइते भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। सरकारलाई दबाब दिन गरिएको धर्नका क्रममा अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिन खोजेपछि अवस्था तनावपूर्ण भएको थियो। 

हिन्दुराष्ट्र पुनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रणलगायत २१ बुँदे माग राख्दै राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। 

तर आफूहरूको मागप्रति सरकारले बेवास्था गरेका कारण प्रदर्शनम उत्रनु परेको श्रेष्ठले बताए। उनका अनुसार राप्रपाले आज देशभर प्रदर्शनको कार्यक्रम राखेको थियो। केन्द्रमा सिंहदरबार घेर्ने, प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लामा प्रशासन कार्यालय घरेउ गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए। 

प्रदर्शनकारी र प्रहरीबीच पुतली सडकमा झडप भएको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र लाठ्ठी चार्ज गरेको थियो। सडक अवरुद्ध गरेका कारण बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २५ चैत्र २०७५ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App