स्थानीय बजारमा आज (शुक्रबार) सुनको भाउ दुई हजार एक सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदी भने ५५ रुपैयाँ घटेर प्रतितोला चार हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो चाँदी चार हजार ८३५ रुपैयाँ तोकिएको थियो।
प्रकाशित: २५ पुस २०८२ १०:५२ शुक्रबार





