वडा ११ का सुर्ज श्रेष्ठले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।
सुर्जले फाइनलमा वडा १९ का निशान प्रधानलाई ११–७, ११–७, ९–११, ७–११ र ११–६ को सोझो सेटमा पराजित गरे। वडा १६ का किरणमुनि वज्राचार्य र वडा ११ का नदिमरत्न शाक्य तेस्रो भए।
ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा वडा १६ का प्रकाश धाख्वा पहिलो भए। उनले फाइनलमा वडा १९ का जगदीश्वर जोशीलाई ११–९, ६–११, ११–५, ४–११ र ११–७ को सेटमा हराए। वडा ११ का सुमन खड्गी र वडा १० का आनन्द धाख्वा संयुक्त रूपमा तेस्रो स्थानमा रहे।
प्रकाशित: २५ पुस २०८२ ११:२० शुक्रबार





