सामसङको जे एट नेपाली बजारमा
सामसङले नेपाली बजारमा ग्यालेक्सी जे एट स्मार्टफोन ल्याएको छ। ६ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको फोनमा अत्याधुनिक प्रविधियुक्त दुईवटा क्यामेरा रहेको वितरकले जनाएको छ।
सामसङले नेपाली बजारमा ग्यालेक्सी जे एट स्मार्टफोन ल्याएको छ। ६ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको फोनमा अत्याधुनिक प्रविधियुक्त दुईवटा क्यामेरा रहेको वितरकले जनाएको छ।
मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ। मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताएका थिए।
सगुनको मिनी आईपीओमा लगानी गर्ने म्याद साउन १० सम्म रहने भएको छ।
तपाई तानसेनमा बस्नुहुन्छ या बाहिरबाट तानसेन आउँदै हुनुहुन्छ ? तपाईं नगरमा बस्दा या भ्रमणका बेला फोहोर जथाभावी फाल्ने गर्नुभएको भए अब तपाईको अनुहार स्थानीय सरकारसामू पुग्नेछ । यसको माध्यम बन्नेछ, सिसि क्यामेरा।
जाजरकाेटकाे सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ ।
मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढक्क हनहोस, चिन्ता लिनुपर्देन, तपाईको मोबाइलको रक्षा ‘मेरो सुरक्षा’ले गर्ने भएको छ। नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको छ।
सरकारले बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत र भ्वाइस सेवा थप दुई प्रतिशत सेवा शुल्क लिने घोषणा कार्यान्वयनमा आएको छ। पहिला एक हजार रुपैयाँको सेवा लिने ग्राहकले ११ सय ३० तिर्नुपर्थ्यो भने अब १२ सय ७६ रुपैंयाँ तिर्नुपर्छ।
नेपाल सरकारले साउन १ गते देखि लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्याएको छ। त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ। पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्दैनथ्यो।
नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ।
बुटवलका जुम्ल्याहा दाजुभाइले आवाजका माध्यमबाट मानिसले जस्तै काम गर्ने रोवर्ट बनाएका छन्। बुटवल योगिकुटी निवासी जुम्ल्यहा दाजभाइ लव र कुश पन्थीले ‘गो गो’ नाम रोवर्ट बनाएका हुन्।
शिक्षण अस्पताल महाराजगन्जमा मानव अंगबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।
काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ। जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन्।
नेपाल दुरसञ्चार प्राधिकरणले सस्तो शुल्कमा इन्टरनेट सेवा उपलब्ध गराउन गृहकार्य गरिरहेको छ। सरकारको नीतिअनुसार प्राधिकरणले उपभोक्तालाई ५ हजारमा वर्षभरी इन्टरनेट उपलब्ध गराउन गृहकार्य गरिरहेको अध्यक्ष दिगम्बर झाले जानकारी दिए।
युवा तथा खेलकुद मन्त्रालयअन्र्तगत राष्ट्रिय युवा परिषद्को आयोजनामा ललितपुरको खुमलटारमा शुक्रबारदेखि पहिलो विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाकक्षमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गरे।
क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै जाने र सतहमा बाढी, भू–कटान जस्ता विपत्ति न्यूनीकरण गर्न धरान उपमहानगरपालिकाले रिचार्ज पिट(खाल्डो)विना घरनक्सा पास नगर्ने कडा नीति लागु गरेको छ।
नेपाल टेलिकमले आफ्नो मोबाइल एप्स ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
नासाको एक रोभरले मंगलग्रहका चट्टानहरुमा भेटिएका अवशेसहरुलाई हेरेर त्यहाँ प्राचिन कालमा जीवहरु रहेको अनुमान गरेको छ। रोभरले तीन अर्ब बर्ष पहिले देखि चट्टानहरुमा कार्बनका अणुहरु, वायुमण्डलमा मिथेन र मौसम परिवर्तनको संकेतहरु पनि फेला परेको छ।
वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ।
संघीय राजधानी काठमाडौँसँग जोडिएको जिल्लाको धुनीबेसी नगरपालिकाले आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरेको छ। नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार व्यक्ति लगायतका जानकारीहरू घरबाटै लिन सकिने गरी मोबाइल एप्स तयार पारेको हो। खुला सरकारको अवधारणा अनुरुप धुनीबेसी नगरपालिकाले आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो।
इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ।
वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा प्रयोग हुनेछ ।
सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पुर्याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन।