३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

ग्रोकमाथि बाल यौन शोषणको ‘घिनलाग्दो’ आरोप : ‘बिकिनी’ तस्बिर भाइरल, छानबिनको माग

अर्बपति एलन मस्कको कम्पनी एक्सएआईद्वारा विकसित एआई च्याटबट ग्रोकले महिला र नाबालिगहरूको यौनजन्य छवि (तस्बिर) बनाएको आरोपमा अन्तर्राष्ट्रिय छानबिनको सामना गरिरहेको छ।

ग्रोकले प्रयोगकर्ताको अनुरोधमा नाबालिगहरूलाई न्यूनतम लुगा (बिकिनी) मा चित्रण गरेर छविहरू बनाएर बाल यौन दुर्व्यवहार सामग्री सम्बन्धी अमेरिकी कानून उल्लंघन गरेको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

भारतमा पनि राज्यसभा सांसद प्रियंका चतुर्वेदीले यसबारे आवाज उठाएकी छिन्। महिलाहरुलाई नंग्याएको आरोप लगाउँदै उनले यसमाथि कारबाहीको माग गरेकी छिन्। भारतको सूचना प्रविधि मन्त्रालयले एक्सलाई तीन दिनभित्र कारबाही प्रतिवेदन पेश गर्न आदेश दिएको छ।

एक्स प्लेटफर्ममा ग्रोक प्रयोग गरेर महिलाहरूको लुगा डिजिटल रूपमा फुकालिएका २० भन्दा बढी घटनाहरू फेला परेका छन्। फ्रान्सका अधिकारीहरूले यसलाई ‘स्पष्ट रूपमा अवैध’ भनेका छन्। 

ग्रोकले आफैंले त्रुटि स्वीकार गर्दै ‘सुरक्षा उपायहरूमा कमी भएको’ र ‘तुरुन्तै सुधार गरिरहेको’ भनेको छ। तर एक्सएआईका प्रतिनिधिले रोयटर्सले जवाफ माग्दा ‘पुराना मिडियाको झुट’ भनेर जवाफ दिएका छन्। एक घटनामा ग्रोकले १२ देखि १६ वर्षका दुई बालिकाको यौनजन्य छवि बनाएकोमा नैतिक मापदण्ड र कानून उल्लंघन भन्दै माफी मागेको छ।

यसअघि पनि ग्रोकले यौनजन्य सामग्री सिर्जना गरेपछि विवाद भएको थियो। प्रयोगकर्ताहरूले ग्रोकलाई बालबालिकाको छविमा यौनजन्य परिवर्तन गर्न लगाउने घटनाहरू बढ्दै गएपछि विश्वव्यापी आलोचना बढेको छ। साथै, यसमाथि कारबाहीको माग समेत बढ्दैछ। एजेन्सीको सहयोगमा 

प्रकाशित: १९ पुस २०८२ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App