एन्ड्रोइड फोनमा तपाई यसरी आफ्नो कल रेकर्ड गर्न सक्नु हुन्छ। रेकर्डका भिन्न तरिका हुन्छन्। फोनमा पनि रेकर्ड गर्न सकिन्छ भने एप डाउलोड गरेर पनि यसलाई सहज बनाउन सकिन्छ। आटोमेटिक कल रेकर्डर (एसिआर) तपाईको कामको लागि उपयुक्त हुन सक्छ। यसलाई निशुल्क डाउनलोड गर्न सकिन्छ।
यदि धेरै रेकर्ड गर्नु पर्ने भएमा पेड एप समेत लिन सकिन्छ। स्मार्टफोनमा यो एप डाउनलोड गरेपछि सवै कल यसमै रेकर्ड हुने गर्छन्। कल रेकर्ड गर्न नचाहेको खण्डमा रेकर्ड नगर्ने सुविधा पनि यसमा छ। स्मार्टफोनमा यसको फ्री भर्सनले नै काम गर्छ। पेड एप लिँदा अटोमेटिकरुपमा क्लाउडमा रेकर्डिङ व्याकअप रहने सुविधा छ।
प्रकाशित: १ भाद्र २०७२ ०७:१६ मंगलबार





