२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

डाक्टरी विवरण एपमा

काठमाडौं- नेपालमा क्रियाशील चिकित्सक, कार्यरत अस्पताल र विशेषज्ञतासहित स्वास्थ्यसम्बन्धी आधारभूत सूचनासमेत दिने गरी नेपाली चिकित्सक संघले मोबाइल एप ल्याएको छ। संघले देशभर कार्यरत चिकित्सकको विवरण संकलन गर्दै एपमार्फत सेवाग्राहीसम्म पुर्याएउन लागेको हो।संघको एपमा चिकित्सकको कार्यक्षेत्र, विशेषज्ञताबारे विस्तृत जानकारीसहित स्वास्थ्यक्षेत्रका लागि महŒवपूर्ण तथ्यांक उपलब्ध छ। उक्त एप हेल्थ कन्सर्न नेपाल नामक संस्थाको प्राविधिक सहयोगमा तयार पारिएको हो।

संघका अनुसार हाल नेपाल मेडिकल काउन्सिलमा १७ हजार ३ सय २१ चिकित्सक दर्ता भए पनि ११ हजार हाराहारी चिकित्सक पेसामा क्रियाशील छन्। संघले सम्पर्कमा आएका र देशबाहिर क्रियाशील रहेको अनुमानका आधारमा भने साढे १३ हजार चिकित्सक रहेको जनाएको छ। केही चिकित्सकको मृत्यु भइसकेको र केही पेसाबाट पलायन भइसकेको हुन सक्ने संघको भनाइ छ।

संघ अध्यक्ष डा. अञ्जनीकुमार झाले एपमा डाक्टरहरू कुन देश पढेका, कुनमा विशेषज्ञता, कुन ठाउँका स्थायी बासिन्दा, कहाँ कार्यरत जस्ता विवरण पाइने जानकारी दिए। नेपाल मेडिकल काउन्सिलमा दर्तामध्ये ४ हजार ७ सय ३७ विशेषज्ञ चिकित्सक रहेको संघले जनाएको छ। तीमध्ये २ हजार ७ सय ७९ मात्र हाल मुलुकभित्र कार्यरत रहेको अनुमान छ। संघका अनुसार देशभर सबैभन्दा बढी डेन्टल सर्जन र सबैभन्दा कम पेडियाटि्रक साइक्याटि्रक (एक जना) मात्रै कार्यरत छन्।

एपमा प्रेग्नेन्सी क्यालकुलेटर, जर्नलसहित समाचार तथा घटनासमेत उपलब्ध हुने हेल्थ कन्सर्नका कार्यकारी निर्देशक डा. सुवास प्याकुरेलले बताए।

प्रकाशित: १ वैशाख २०७३ २०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App