५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

माघीको कोसेली पुर्‍याएर फर्किँदा लडेर महिलाको मृत्यु

कालीकोटमा माघी तिहारको कोसेली पुर्‍याएर घर फर्किने क्रममा भीरबाट लडेर  एक महिलाको मृत्यु भएको छ। 

बिहीबार दिउँसो माघीको नासो सेलरोटी र तरुल पुर्‍याएर घर फर्किने क्रममा अधेरी खोला भीरबाट लडेर नरहरिनाथ १ कोटबाडाकी २४ वर्षीया अप्सरा कठायतको मृत्यु भएको हो। 

स्थानीय नन्दादेवी क्याम्पसका लेखापाल गणेश विष्टका अनुसार उनी आमाजु दिदी नाता पर्ने सविता कठायत अधिकारीकहाँ पुगेर फर्कँदै गर्दा लडेकी हुन्। बिहीबार दिउँसो तीन बजेतिर चिप्लिएर लडेकी अप्सराको घटनास्थलमै मृत्यु भएको हो। 

शव भीरबाट झिकेर आफन्तले साँझ ७ बजे घर लगेका थिए। 

प्रकाशित: २ माघ २०८२ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App