१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

क्यान इन्फोटेक आजदेखि

काठमाडौं- शुक्रबारदेखि सुरु हुन लागेको सुबिसु क्यान इन्फोटेक २०१६ विभिन्न आकर्षक अफरसहित प्रस्तुत हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले आयोजना गरेको २२औं संस्करणको सूचना प्रविधि महामेलामा विगतमा झैं यसपटक पनि विभिन्न कम्पनीले ग्राहकका लागि आकर्षक अफर ल्याएका छन्।शीर्ष प्रायोजक सुबिसु केबलनेट फाइबर इन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पुर्या उने लक्ष्यका साथ विशेष योजना प्रस्तुत गर्ने तयारी गरेको छ। यस्तै, इन्टरनेट र डिजिटल टिभी तथा इन्टरप्राइज सेवाहरू प्रस्तुत तथा उक्त सेवामा आकर्षक योजनासमेत ल्याउने कम्पनीले जनाएको छ।

यसपटकको प्रदर्शनीमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले विशेष छुटसहितको प्याकेज तथा हाई स्पिड इन्टरनेट उपलब्ध गराउने बताएका छन् भने टेलिफोन तथा मोबाइल फोन कम्पनीले पनि आकर्षक अफर दिन लागेको जनाएका छन्।

बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्री पनि सहुलियतका साथ प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँनयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याबलेट तथा अन्य उपकरण प्रदर्शनीमा उपलब्ध हुने क्यानले जनाएको छ।

अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क सय र विद्यार्थीलाई ५० रुपैयाँँ तोकिएको मेलामा माघ १७ गते आइतबारलाई 'बिजनेस डे'को रुपमा घोषणा गरिएको छ। उक्त दिन विशेष गरी बिजनेस हाउसहरुले आफ्नो व्यापार प्रवर्द्धनको लागि विभिन्न डिलर र भेन्डरसँग प्रत्यक्ष रुपमा बिजनेस डिल गर्नेछन्। मेला माघ १५ देखि २० गतेसम्म चल्नेछ।

प्रकाशित: १७ पुस २०७२ २३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App