२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

एलजीको स्मार्ट टेलिभिजन

काठमाडौं - एलजीले अत्याधुनिक 'टाइम मेसिन' प्रविधियुक्त स्मार्ट टेलिभिजन नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार उक्त मेसिनले टिभीमा प्रत्यक्ष प्रसारण भएका दृश्यलाई लाइभ हेर्दाहेर्दै रिप्ले गरेर अगाडिको दृश्य हेर्न सहयोग पुर्याीउँछ। एलजीको नेपालस्थित आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले हालै बजारमा ल्याएको यो टिभी मनपर्ने कार्यक्रम लाइभ हेर्न नपाउने व्यक्तिका लागि उपयोगी भएको कम्पनीले जनाएको छ।टिभीमा पछि आउने कार्यक्रमसमेत पहिले नै सेट गरेर रेकर्ड गर्न सकिने छ। यस्तो सुविधा एलजीले २०१३ को संस्करण ल्याएका स्मार्ट टिभीमा उपलब्ध छ। नेपालमा यो टिभी ३२ र ४२ इञ्चको साइजमा उपलब्ध छ। ३२ इञ्चको एलए ६२०० मोडलको मूल्य ८७ हजार ९ सय ९० रुपैयाँ छ भने ४२ इञ्चको एलए ६२०० मोडलको मूल्य १ लाख ५४ हजार ७ सय ९० रुपैयाँ छ। यो टिभीमा मोबाइल, पेनड्राइभ र ल्यापटपमा भएका फाइल पनि प्ले गरेर हेर्न सकिन्छ। यसले इन्टलको बाइडाइ सपोर्ट गर्ने हुँदा ल्यापटपलाई वायरलेस टिभीमा डिस्प्ले गर्ने सकिन्छ। युएसबीको प्रयोग गरेर स्मार्ट फोनका सबै कन्टेन्ट हेर्न सकिने सुविधा पनि यस टिभीमा रहेको छ। त्यस्ता कन्टेन्टलाई रिमोट मार्फतनै फेरबदल गर्न सकिन कम्पनीले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७० २०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App