१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

५ मेगा पिक्सलको क्यामेरा भएको एसर ट्याबको बिक्री सुरु

एसरका लागि नेपालमा आधिकारिक बिक्रेता मर्कन्टाइलले ओकोनिया एवान ट्याब्लेटको बिक्री थालेको छ। केही महिनाअघि बिवान ट्याब्लेट सार्वजनिक गरेको मर्कन्टाइलले उपभोक्ताबाट राम्रो प्रतिक्रिया आएपछि नयाँ भित्र्याएको हो। बिक्री थालिएको एवान मोडल बोक्न, पढ्न र चलाउन सजिलो छ। यसमा मिडियाको गतिशील उच्च रहेको कम्पनीले जनाएको छ। व्यस्त रहनेका लागि यो मोबाइलमैत्री पनि रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

'हल्का र आकर्षक मोडल रहेका कारण यो ट्याब्लेट एउटै हातले सजिलै समात्न मिल्ने, पर्स र ब्यागमा पनि सजिलै राख्न सकिने खालको छ,' कम्पनीको विज्ञप्तिमा भनिएको छ।

सस्तो र पोर्टवल ट्याब्लेट खोज्ने उपभोक्ताका लागि अन्तर्राष्ट्रिय वारेन्टी भएको एसरको एवान ट्याब्लेट उपयुक्त रहेको कम्पनीको दाबी छ। यसमा गुगलको ४.२ जेलीबिन अपरेटिङ सिस्टम छ। यसमा १.२ गिगाहर्ज क्युड कोर प्रोसेसर छ। ८ इन्चको मल्टिटच स्क्रिन रहेको ट्याब्लेटमा १६ जिबीको आन्तरिक मेमोरी छ भने ३२ जिबीसम्म थप्न मिल्छ। यसमा ५ मेगापिक्सल क्षमताको क्यामेरा पनि रहेको कम्पनीले जनाएको छ। ट्याब्लेट सार्वजनिक गरेको अवसरमा कम्पनीले सीमित अवधिका लागि यसको मूल्य २४ हजार ३ सय रुपैयाँ तोकेको छ। यसमा १ वर्षको वारेन्टी छ।

प्रकाशित: २७ असार २०७० ००:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App